आज उम्मेद्वारी फिर्ता लिन चाहने उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन सक्ने
नेपालखोज
२०७९ वैशाख १६ गते ६:३७

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिन सकिने जनाएको छ । त्यस्तै आजै साँझ ५ बजे आयोगले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएकाे छ ।
निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उम्मेद्वारको नामावली प्रकाशन गरेको थियो । आज उम्मेद्वारी फिर्ता लिन चाहने उम्मेद्वारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका रहेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया