शनिबार, वैशाख ६, २०८२

नातावाद र पार्टीवादलाई बालेनले चुनौती दिन सक्लान् ? यसरी माग्दै छन् मत (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख २१ गते १४:१०

काठमाडौं । र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्‍वारी दिएपछि राजधाननीको राजनीति तरंगित बनेको छ । बालेनले चुनावी सभालाई सम्बोधन गर्नेभन्दा हिँडेर घरघर पुग्ने अभियानलाई तीव्रता दिएका छन् ।

नेपाली जनतालाई खुसी दिन चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्‍वारी दिएको बालेनले बताउँदै आएका छन् । बालेनले भन्दै आएका छन्, ‘अब युवाको पालो । हामीले पढेलेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं । मैले यसबारे सोचेको दुई/तीन वर्ष अगाडिदेखि नै हो । सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए । मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो ।’

उनलाई गठबन्धनकी उम्मेद्‍वार सिर्जना सि‌ह र एमालेका केशव स्थापितको चुनौती पन्छाउन सजिलो भने छैन् । अझ स्थापितले बालेनलाई जोडेर विभिन्न ठाउँमा अराजनीतिक टिप्पणी गरिरहेका छन् । यसमा बालेनले स्थापितको आलोचना गर्नुको ठाउँमा धन्यवाद दिइरहेका छन् । स्थापित ५४ का चर्चित मेयर हुन् । उनले गरेका कामको आज पनि प्रशंसा हुन्छ । उनले एमालेबाट टिकट पाएपछि सजिलै जित्ने धेरैको आंकलन थियो । तर उनले आँफैंले बालेनलाई गठबन्धनकी उम्मेद्‍वार सिर्जनलाईभन्दा बढी ठाउँ दिइरहेका छन् । उनको पछिल्लो अभिव्यक्तिले उनको प्रतिस्पर्धा बालेसँगमात्र हो कि भन्ने थप प्रष्ट पार्छ । उनले आफ्ना योजना सुनाउनेभन्दा बालेनको आलोचनामा बढी समय दिनुले पनि स्थापित बालेनको उम्मेद्‍वारीबाट हच्किएको थप पुष्टि हुन्छ ।

परिवारवादले कांग्रेसलाई गाँजेको र नेपाली राजनीतिमा योगदानभन्दा नातावाद र कृपावादबाट आएका उम्मेद्‍वारबाट मतदाता वाक्क दिक्क र हैरान भएका छन् । त्यहीभएर सिर्जना सिंहको चर्चा जति हुनुपर्ने त्यति भएन । सिर्जना उम्मेद्‍वार बन्न असक्षम भने होइन तर नातावादले उनको चर्चालाई थप ओझेलमा पारेको छ । बालेनले कृपावाद र नातावाद तोड्न र विकासका लागि आफूलाई छान्न अनुरोध गरिरहेका छन् । बालेनले भन्दै आएका छन्, ‘मेरो घर परिवार, जनता, देशलाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो । बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु । मानिस खुसी हुनुपर्‍यो ।’


प्रतिक्रिया