आइतबार, वैशाख ७, २०८२

सार्वजनिक शिक्षाकाे समस्या समाधान गर्न अभिभावक भएर काम गर्ने सिर्जनाको प्रतिबद्धता

नेपालखोज २०७९ वैशाख २१ गते १५:२९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयर मेयर उम्मेद्‍वार सिर्जना सिंहले काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा भएको बताएकी छन् । शिक्षक संघकाे महानगर समितिले आयोजना गरेको कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पुर्‍याउने नै ध्याय रहेको बताइन् ।

शिक्षक पेशा भनेकाे मानिसलाई असल नागरिक बनाउने पेशा भएकाेले अब जनताबाट पनि असल नागरिक निर्वाचित गराउने अभिभारा शिक्षककाे रहेकाे उनले बताइन् । सिंहले भनिनन, ‘म मेयर हुँदै गर्दा सार्वजनिक शिक्षाकाे समस्या समाधान गर्न अभिभावक भएर काम गर्छु । सामुदायिक शिक्षामा सुधार नगरेसम्म देश बन्दैन, महानगरमा सवैले भर्ना गर्न लायक र पढ्न जाउँ जाँ बनाउने छाैं ।`

काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिनेसमेत सिंहले घोषणा गरिन् । सिंहले भनिन्, ‘महानगरमा अस्पताल खोलेर दिनदु:खी र जेष्ठ नागरिकलाई नि:शुल्क उपचार दिने छौं ।’

महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चापसमेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन् । महानगरको आगामी मेयरका रुपमा नेपाली कांग्रेसले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाकोसमेत साझा उम्मेद्‍वार सिंहले काठमाडौं मुलुकको राजधानी पनि भएकोले सफा काठमाडौं बनाउनुको विकल्प नरहेको बताइन। अहिलेको नेतृत्वले फोहोरोसमेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत बताइन। उनले भनिन्, ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौं, विदेशी आउँदा नाक खुम्च्याउने छैनन्, सम्पदाको संरक्षण गर्ने छौं । भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो ।

घर-घरबाटै सबैलाई महानगरले सेवा दिने समेत उनले बताइन। सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिड्ने वातावरण बनाउने समेत सिंहले बताइन् । काठमाडौंभित्र बस्ने सबैप्रति आफू उत्तरदायी हुने समेत उनले बताइन् । उनले भनिन् ´यहाँ ७७ जिल्लाबाट आएर बस्नु भएकाे छ, कसैप्रति विभेद हुँदैन, सबैलाइ सम्मान व्यवहार गर्ने छाैं ।`

प्रतिक्रिया