सिर्जना सिंहको समर्थनमा बाबुरामदेखि नारायणकाजीसम्म एउटै मञ्चमा

काठमाडौं । नेपाली कांग्रेसले आगाडि सारेको काठमाडौंकी मेयर उम्मेद्वार सिर्जना सिंह जिताउन गोर्खाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन् । गोरखा-काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्लेलगायत नेताहरुले सिर्जना सिंह जस्तो सालिन व्यक्तित्व मेयर उम्मेद्वारको रुपमा काठमाडौंले पाउनु सौभाग्य भएको बताउँदै जिताउन अपिलसमेत गरेका छन् ।
कार्यक्रममा सिर्जना सिंहले माइती जिल्ला गोर्खाबाटै राजनीति यात्रा सुरु गरेको उल्लेख गर्दै मेयर भएमा पार्टीको घोषणा पत्र र संकल्प पत्र नै संकल्प रहेको उनले बताइन् । देशको एकीकरण गोर्खाले गरेको उल्लेख गर्दै अब काठमाडौंको मेयर बनेर गोर्खाको चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताइन् । पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौंको मेयरको जाने वातावरण बनाउने समेत बताइन् । पहिले राजनीतिबाट घर सम्हाल्न पुगेको बताउदै अब सबै सिपको प्रयोग गरेर अवसर पाए काठमाडौं सम्हाल्ने समेत सिंहले बताइन।
काठमाडौंमा साना समस्याले गाजेको उल्लेख गर्दै अब स्वच्छ काठमाडौं र सफा काठमाडौंनै प्रमुख अभियान रहने सिंहले बताइन् । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताए । कोही परिवारसँग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै सिंह आफ्नै बलवुतामा नेता भएको बताए ।
अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको बताउँदै उ डेट एक्सपाएर ओखती रहेको उनले बताए। आफू प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको तर पछि निकालेको प्रसँग कोट्याउदै सिर्जना सिंहको जित निश्चित भएको बताए। उनले भने, सिंहले आगाडि सारेको घोषणापत्र व्वाहारिक छ, उहाँलेजितेपछि सवैलाई समेटेर राम्रो महानगर बनाउने अभियानको नेतृत्व गर्ने हुनुहुन्छ ।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताए । काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चत भएको बताउँदै सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मित्थ्या भएको बताए । सिंहको राजनीति यात्रा लामो रहेको बताँउदै प्रकाशमानभन्दा आगाडि नै रहेको बताए ।
कांग्रेस नेता चिरञ्जीवी वाग्लेले सिर्जना सिंह गोर्खाका परिवार २००७ साल देखिकै क्रान्तिमा सहभागी रहेको बताउँदै सिंहको राजनीति सक्रियता गोर्खाबाटै भएको बताए । वाग्ले आफू स्थानीय विकास मन्त्री हुँदा काठमाडौंको मेयर हुँदा तत्कालिन मेयर पिएल सिंहले जम्मा पारिदिएको पैसामा रजाइँ गरेर हावादारी गफ गर्दै हिँडेको सम्झना ताजै रहेको बताए। सिर्जना सिंहसँग काठमाडौं मेयरमा कसैको पनि प्रतिस्प्रर्धा नहुने समेत बताए।
नेपाली काग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले न्याय नपाए गोर्खा जानू भनेर पढेको उल्लेख गर्दै गोर्खाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिने बताए । सिंहको राजनीति बिरासतको नभएर आफै उठेको महिला भएको बताए । गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना कार्यक्रममा खतिवडाले केपी ओली जसरी हावादारी कुरा गरेर जनतालाई भ्रमित पर्छन त्यस्तै पार्टी र संगठन समेत ठेगान नभएका केशव स्थापितलाई अगाडि सारेको बताउँदै सम्पूर्ण जनताले एक मत भएर सहि ठाउमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसले छानेको उम्मेदवार सिंहले जित्त्दै गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाउने बताए।
कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोर्खाबाट आउने कुनै पनि पार्टी नभनी जिताउने अभियानमा लाग्न आग्रह गरेका छन् । सिर्जना सिंहले कुनै विरासतबाट नभएर नेविसंघ देखिनै राजनीति यात्रा गरेको उल्लेख गर्दै आएको बताए । गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु परेको बताउदै अब सक्रिय राजनीति फेरि फर्कनु भएको बताए ।
काग्रेस नेतृ कमला पन्तले काठमाडौंको मेयरको रुपमा गोर्खाको चेली पाउनु गर्वको विषय भएको बताए। पन्तले काठमाडौं अहिले नेतृत्वविहिन टुहुरो भएको बताउँदै अब सिंह आएपछि काठमाडौंले नेतृत्व पाउने बताए ।
प्रतिक्रिया