आइतबार, वैशाख ७, २०८२

परिवार दलले उम्मेदवारी दिएका ठाउँमा एमालेले सहयोग गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपालखोज २०७९ वैशाख २३ गते १०:२०

काठमाडौं । चुनावी प्रचारको अभियानकै क्रममा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल धनगढी कैलाली पुगेका छन् । कैलालीको धनगढी उप महानगरपालिका वडा नं १३ का वडा अध्यक्षको उम्मेदवार विशाल चौधरी र वडा नं ३ का अध्यक्ष रितिक आचार्यको चुनावी अभियानमा सहभागि हुन ढकाल बिहीबार धनगढी गएका हुन् । कैलालीको श्रीलंका र भन्सार सम्झना टोलमा आयोजीत चुनावीसभा तथा घरदैलो अभियानमा अध्यक्ष ढकाल सहभागि भएका थिए ।

नेकपा एमाले सँग पाँचबुदे सहमति गरेर वैशाख ३० गते हुने निर्बाचनमा सहकार्य गरेको नेपाल परिवार दलले आफूले उम्मेदवारी दिएको स्थानीय निकायमा दलको चुनाव चिह्न ‘साँचो’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरूमा ‘सूर्य’ चिह्नमा मतदान गर्न मतदातालाई आह्वान गर्दै आएको छ । अध्यक्ष ढकालले एमालेसँग स्थानीय तहको निर्वाचनमा परिवार दलले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरूलाई सघाउने गरी आपसी सहकार्य भएको बताएका छन् ।

दुवै चुनावी सभालाई सम्बोधन गदै पूर्वमन्त्रीसमेत रहेका ढकालले विभेदरहित समतामूलक समाज निर्माण गर्न परिवार दल आवश्यक रहेको बताए । उनले एमालेसँग भएको सहमतिलाई अक्षरस पालना गर्न परिवार दल तयार रहेको बताउँदै परिवार दलले उम्मेदवारी दिएका ठाउँमा एमालेले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले अहिलेको स्थानीय तहमा नितिगत भष्ट्रचार भएको भन्दै त्यसको नियन्त्रण गर्न भोट हाल्ने ठाउँ परिर्वतन गरी परिवार दल जस्तो दललाई रोज्नुपर्ने बताए । उनले परिवार दलले थोरै ठाउँमा उम्मेदबारी दिएको भन्दै ति ठाउँमा जितेको खण्डमा काम गरेर देखाउने बताए ।

आफ्नो गाउँबाट आफैले नेतृत्वचयन गर्न नचुक्न आग्रह गदै ढकालले धनगढी उपमहानगरपालिका बडा नं ३ को आचार्य र १३ को वडाध्यक्षमा चौधरीको जित सुनिश्चित रहेको बताए । परिवार दलका सहमहामन्त्री मनोज सुर्खेतीले परिवार दल सरकारमा रहदाँ सकारात्मक काम गरेको उल्लेख गदै स्थानीय तहको विकासको लागि पुराना दल हैन परिवार दल जस्तो नयाँ दलले जित्नुपर्नेमा जोड दिए । उनले सिहदरबारको अधिकार गाँउ गाँउमा पुर्‍याउने अवसर स्थानीय तहको निर्बाचन भएकोले नयाँ अनुहारलाई मतदान गर्न आग्रह गरे ।

चुनावी सभालाई सम्बोधन गदै परिवार दलकी केन्द्रीय सदस्य बुद्धिमाया पुनले नयाँ कुरा खोज्न नयाँ पार्टी रोज्नुपर्ने बताउँदै नेपाली जनताको सम्बृद्धिको सपना बोक्ने दल परिवार दल भएको बताइन् । दलका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम संयोजक खडगसिंह नगरीले एकपल्ट काम गरेर देखाउन पनि परिवार दललाई विश्वास गर्न आग्रह गदै परिर्वतनको सुरुवात आफूबाट गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि भोट हाल्ने ठाउँ परिर्वन गर्न आग्रह गरे ।

दलकी केन्द्रीय सदस्य विष्णुकुमारी विकेले परिवार दलले बोकेको विचारले मात्र देशको विकास गर्न सक्ने बताइन् । परिवार दलका धनगढी उपमहानगर पालिका १३ का बडा अध्यक्ष विशाल चौधरीले स्थानीय तहमा हुने भष्ट्रचारको अन्मुलन गरौ ः निष्पक्ष नेतृत्व, सुुशासन तीव्र विकासका लागि परिवार दलको तर्फबाट उम्मेदबारी दिएको बताए । परिवार दलका तर्फबाट धनगढी उपमहानगरपालिका ३ का वडाध्यक्ष रितिक आचार्यले स्वास्थ्य, शिक्षा, खेलकुद, वातावरण, सरसफाइलगायतको क्षेत्रको विकास गर्न वैशाख ३० गतेको निर्वाचनमा परिवार दलको चुनाव चिह्न साँचोमा मतदान गर्न आग्रह गरे ।

चुनावीसभामा सोही क्षेत्रका भलमन शाह आइतराम चौधरी, रुन्चे चौधरी, समाजसेवी बुदमणि अधिकारी, वडा १३ की महिला सदस्य विमलादेवी डौगौरा परिवार दल कञ्चनपुरका अध्यक्ष प्रेम परियार, सुन्दरलाल चौधरीलगायतले बोलेका थिए । नेपाल परिवार दलले एक्लैले तीन दर्जनभन्दा बढी स्थानमा उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया