निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने
नेपालखोज
२०७९ वैशाख २५ गते १९:३०

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सबै आन्तरिक हवाइ सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन सबै उडान सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो । उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुने छन् ।
यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहने छन् । मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुने संघले एजनाएको छ ।
निर्वाचन आयोगको यहि २२ वैशाखमा बसेको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । सोहीअनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक सबै हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया