आइतबार, वैशाख ७, २०८२

वैशाख २७ गते मध्यरातिदेखि काठमाडौंमा जाँड-रक्सी वितरण गर्न नपाइने

नेपालखोज २०७९ वैशाख २५ गते १९:५४

काठमाडौं । वैशाख २७ गते मध्यरातिदेखि काठमाडौंमा जाँड-रक्सी वितरण गर्न नपाइने भएको छ । वैशाख ३० गते हुन लागेको पालिका चुनावलाई लक्षित गरी काठमाडौंमा २७ गते मध्यरातिदेखि जाँड–रक्सी वितरणमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै काठमाडौंमा वैशाख २७ गते मध्यरातिदेखि ३० गतेसम्म जाँड–रक्सी वितरणमा रोक लगाएको जानकारी दिएको हो । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मा भएको व्यवस्था अन्तर्गत यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्र्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ ०१२७ गते मंगलबार राती १२ः०० बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नु नगराउनु हुन’- जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया