आइतबार, वैशाख ७, २०८२

भोलि रातिदेखि मौन अवधि सुरु हुने, चीन र भारतसँग जोडिएका सीमा नाका बन्द

नेपालखोज २०७९ वैशाख २६ गते ८:२१

काठमाडाैं । आगामी शुक्रबार हुने स्थानिय तह निर्वाचनका लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ । 

प्रतिक्रिया