आज रातिदेखि मौन अवधि, सीमा नाका ठप्प
नेपालखोज
२०७९ वैशाख २७ गते ७:०१

काठमाडाैं । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदै छ । यस्तै, आजै मध्यरातिदेखि चीन र भारतसँग जोडिएका सीमा नाका पनि बन्द हुनेछन् ।
स्थानीय तह निर्वाचन सुरक्षाका लागि आज मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।
सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै आजदेखि जाँडरक्सी बिक्री-वितरणमा पनि रोक लगाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया