आइतबार, वैशाख ७, २०८२

निर्वाचन आयोगले भन्यो- निर्वाचनको तयारी लगभग पुरा भयो

नेपालखोज २०७९ वैशाख २७ गते १०:२२

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी लगभग सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि देशका सबै जिल्लामा मतपत्र पुर्याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको आयोगको भनाइ छ । कर्मचारीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा पुग्ने भएका छन् ।

बुधवार र बिहीवार मतदाता परिचयपत्र वितरण हुने आयोगको कार्यसूचीमा उल्लेख छ । आयोगका अनुसार मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि परिचयपत्र वितरण हुने छ ।यसपालिको स्थानीय तहको चुनावमा निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।

निर्वाचनका लागि देशैभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका आयोगले जनाएको छ ।

प्रतिक्रिया