आइतबार, वैशाख ७, २०८२

गोरखाको पालुङटारमा एमाले र जसपाबीच सहमति

नेपालखोज २०७९ वैशाख २७ गते १७:३२

गोरखा । गोरखाको पालुङटारमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच सहमती भएको छ । पालुङटार नगरपालिकाको नगर प्रमुख पदमा एमालेले जसपालाई र उप प्रमुखमा जसपाले एमालेलाई साथ दिने सहमती भएको हो ।

वार्ड तहमा वडा नं ६,७ र १० मा एमालेलाई सहयोग गर्ने र वडा नं ४, ५ मा जसपालाई सघाउने सहमती भएको आज दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । साथै जिल्लाको अन्य पालिकाहरु र वडाहरुमा एक आपसमा सहमती गरि निर्वाचनमा जाने पनि निर्णय भएको छ ।

प्रतिक्रिया