काठमाडौंका टप ५ प्रतिस्पर्धी, मेयर बन्न कसको पल्ला भारी ?

काठमाडौं । देश स्थानीय तह निर्वाचनको संघारमा छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशका ७५३ स्थानीय तहमा एकैपटक चुनाव हुँदैछ ।
देशभर चुनावी नतिजालाई लिएर विभिन्न पक्ष-विपक्षमा माहोल सिर्जना भइरहेको छ । विभिन्न पार्टीका उम्मेद्वारहरुले आफूले नै जित्ने अड्कलबाजी गरिरहेका छन् । संघीया राजधानी रहेको काठमाडौंमा स्वतन्त्र उम्मेद्वारले चुनाव जित्ने सम्भावना रहेकोसमेत एक-खालका राजनीति विश्लेषकहरुको दाबी छ । काठमाडौंमा सबैको ध्यान केन्द्रित भएको छ । देशको राजधानी र सबैभन्दा ठुलो पालिका भएकाले पनि काठमाडौंलाई चासो साथ हेरिएको छ ।
काठमाडौंमा मेयरका उम्मेद्वार ५६ जना छन् । यीमध्ये सबैले चुनावी नतिजा आफ्नो पार्टीको पक्षमा वा आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । अझ् नजिकबाट हेर्दा काठमाडौंमा पाँच प्रतिस्पर्धीबीचको चुनावी भिडन्तलाई रोचक गरि हेरिएको छ । काठमाडौंमा चर्चा गर्न लागिएको पाँच जनामध्ये एक जनाले चुनाव जित्ने निश्चित नै छ । नेकपा एमालेका केशव स्थापित, नेपाली कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेद्वार बालेन शाह, विवेकशील साझाकी समीक्षा बाँस्कोटा र राप्रपाका मदनदास श्रेष्ठमध्येबाट एक जनाले चुनाव जित्ने निश्चित नै छ ।
७५३ पालिकाको ध्यान नै काठमाडौंले खिचेको छ । देशको राजधानी र सबै प्रशासनिकदेखि लिएर धेरै मानिसको उपस्थिति रहेको काठमाडौंले नै सबैको ध्यान तान्नु स्वभाविक पनि हो । तर, काठमाडौं बनाउने जिम्मा भनौं वा काठमाडौंलाई नेतृत्व गर्न सक्ने क्षमता मतदाताले कुन पार्टी वा व्यक्तिमा देखेका छन् ? प्रश्न र चासोको विषय बनेको छ । काठमाडौंको नेतृत्व कसको काँधमा जान्छ त्यसले राष्ट्रिय राजनीतिलाईसमेत प्रभाव पार्ने छ । स्थानीय चुनावपछि देश संघीया र प्रदेशको चुनावमा होमिँदैछ । यस कारणले गर्दा पनि सबै पार्टीहरु काठमाडौंमा आफ्नो उम्मेदवारलाई विजयी गराउन कम्मर कसेर लागेका छन् । तर, पार्टीका लागि काठमाडौंमा बालेन चुनौती बनिरहेका छन् ।
पार्टी राजलाई घुडा टेकाउने अभियान लिएर हिँडेका बालेनलाई जनसमर्थन पनि जुटिरहेको छ । यता स्थापितले उम्मेद्वारी दर्ता गराएकै दिन ‘गेम इज ओभर’ भनेर भनिसकेका छन् । सिर्जना पनि आफू चुनाव जित्नेमा ढुक्क छिन् । समीक्षाले विकल्पकारुपमा जन्मिएको पार्टी भएकाले मतदाता आफूतीर आकर्षित भएको बताइरहेकी छिन् । उता राप्रपाका मदनदासले कलाकार र स्वतन्त्र थुप्रै मतदाताको साथ आफूलाई रहेको दाबी गरिरहेका छन् ।
हेरौं काठमाडौंका टप ५ प्रतिस्पर्धी जसले आगामी पाँच वर्ष राजधानीको कमान्ड सम्हाल्ने छन्
केशव स्थापित
पूर्वमेयरसमेत रहेका स्थापितले नै चुनाव जित्ने कतिपय मतदाताको अड्कलबाजी छ । उनले २०५४ सालमा मेयर भएर गरेका काम आजसम्म पनि सम्झनयोग्य छन् । उनले एमालेको टिकट पाइसकेपछि ‘गेम इज ओभर’ भन्दै उम्मेद्वारी दर्ता गराएका थिएँ । निकै लोकप्रिय छबि बनाएका स्थापितका विभिन्न कान्ड र भाषण गरेकै कुराहरुले गर्दासमेत उनी विवादमा आइरहेका छन् । उनले काठमाडौंमा एमालेबाट आफूले जित्ने निश्चितमात्रै नभएको ठोकुवा नै गरेर हिँडिरहेका छन् ।
स्थापित काठमाडौंकोे मतदाताबीच एक लोकप्रिय नाम हो । तर उनले ५४ सालमा गरेका काम नै आज उनलाई मत दिन पर्याप्त होला ? भनेर विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनले गरेका कामभन्दा पनि भाषण गर्ने शैलीले स्थापित चर्चामा छन् । अस्थिर स्वभाव भएको भनेर उनको पार्टीभित्र पनि चर्को आलोचना हुने गरेको छ । पदका लागि स्थापितले जे पनि गर्न सक्ने भनेर एकथरी मानिसहरु उनको आलोचना गर्छन ।
स्थापितले राजनीति एमालेको भ्रातृ संगठनबाट नै सुरु गरेपनि उनी पदका लागि विभिन्न पार्टी र व्यक्तिसँग नजिक भएको आरोप लाग्ने गरेको छ । ५४ सालमा एमालेबाट काठमाडौं महानगरको कमान्ड सम्हालेका स्थापितले पूर्वराजा ज्ञानेन्द्र शाहसँग नियुक्ति लिएरसमेत काम गरे । उनी राजा समर्थक भएको समेत आरोप लाग्ने गरेको छ । पछि उनै स्थापितले उपेन्द्र यादवले नेतृत्व गरेको पार्टीबाट टिकट लिएर काठमाडौंमा ६ मा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरे । तर उनी पराजित भएँ । उनै स्थापित बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा माओवादीको नियुक्ति लिएर काम गर्नसमेत भ्याएँ । एकै ठाउँमा बस्न नसक्ने स्वभाव बनाएका स्थापितलाई भने एमालेले विश्वास गर्यो र काठमाडौंको बागडोर सम्हाल्ने जिम्माका लागि टिकट दियो ।
सिर्जना सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अर्को काठमाडौंको कमान्ड सम्हाल्न सक्ने बागडोरका रुपमा हेरिएको छ । २०४७ सालदेखि राजनीतिमा गुमनाम रहेकी सिर्जनालाई कांग्रेसले काठमाडौंको उम्मेद्वारका रुपमा अघि सारेपछि उनको पनि चर्चा चुलिएको छ । तर, परिवारवादका कारण टिकट पाएको भनेर उनको चर्को आलोचनासमेत भइरहेको छ । नेपाली राजनीतिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहकी बुहारी भएकै कारण उनलाई टिकट दिइएको हो ? भनेर प्रश्न गर्नेको पनि कमी छैन् ।
सिर्जना मेयर उम्मेद्वार बन्न अयोग्य भने होइन् । तर, गठबन्धनले चितवनमा प्रचण्डकी छोरी रेणु दाहाल र काठमाडौंमा प्रकाशमान पत्नी उठाएपछि राजनीतिमा परिवारवाद हाबी भएको भनेर उनीहरुको चर्को आलोचना भएको हो । आलोचनाका कारण शक्ति र आफन्तको पद नै भएको विश्लेषकहरु दाबी गर्छन् । कांग्रेसको राम्रो जनमत भएको काठमाडौंमा कमजोर उम्मेद्वारलाई टिकट दिएको ? भनेर पार्टी हाइकमान्डको चर्को आलोचना भयो । प्रकाशमानले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई दोस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हालनका लागि सहयोग गरेका थिए । उनै प्रकाशमानले देउवालाई सभापतिमा निर्वाचित गरेवापत श्रीमतीका लागि मेयर उम्मेद्वारको टिकट मागेको भनेर चर्को आलोचनासमेत नभएको भने होइन् ।
सिर्जनाको राजनीति लगाब भने राम्रै छ । विद्यार्थीकालदेखि राजनीति गरेकी सिर्जनाले प्रकाशमानलाई अघि सारेर आफूले घर सम्हालिरहेकी थिइन् । त,र अब प्रकाशमान ब्याक भएर श्रीमतीलाई मूलधारको राजनीतिमा ल्याउन खोजिएको समेत बुझिएको छ । सिर्जनाको उम्मेद्वारीको व्यापक प्रचार-प्रसार भइरहेको छ । काठमाडौंको नेतृत्व महिलाको काँधमा पुग्नुपर्ने भनेर महिला अधिकारकर्मीहरुले पनि आवाज बुलन्द बनाइरहेका छन् । प्रधानमन्त्री देउवाले समेत सिर्जनाका लागि मत माग्दै नजिताएँ विश्वमाझ नेपालीको नराम्रो छाप पुग्ने चेतावनीसमेत दिएका थिएँ ।
बालेन शाह
देशभरका पालिका प्रमुखमध्ये कोही चर्चाको शिखरमा छन् भने, त्यो एउटै नाम हो बालेन । बालेनका योजना र सपनाहरु सुनेर उनलाई साथ दिनेको जमात उल्लेख्य छ । र्यापर पृष्ठभूमिबाट उम्मेद्वार बनेका बालेनको युवामाझ त बढ्दो लोकप्रियता हुने नै भयो । तर बालेनको नाम अहिले देशभर चर्चाको शिखरमा छ । बालेनलाई चर्चामा ल्याउन सामाजिक सन्जालको भूमिकासमेत राम्रो छ । बालेनले मेयर जित्ने भनेर दाबी गरिरहेका छन् ।
९० हजार ८३५ मत ल्याएर चुनाव जित्ने दाबी गर्दै आएका बालेनले पछिल्लो समय योभन्दा धेरै संख्यामा मत ल्याउने दाबी गरिरहेका छन् । उनले चुनाव जित्नको लागि उठेको बताउँदै हारबारे भने केही नसोचेको बताउछन् । उनले महानगरको विकास गर्ने योजना बुनेका छन् । उनले विकासमा समय खर्चिनेभन्दा व्यवस्थापनमा समय दिने बताउँदै आएका छन् । उनले महानगरबासीले पार्टीभन्दा व्यक्ति रोज्नेमा आफू ढुक्क भएको बताउछन् । तर उनको सामाजिक सन्जालको लोकप्रियता मतको ब्यालट पेपरमा कति परिणत हुन्छ ? त्यो भने गर्वको विषय नै रहेको छ । ब्यालट पेपरमा मत ल्याउनुपर्छ कमान्ड सम्हाल्न, नभए सामाजिक सन्जालको लोकप्रियताले कुनै काम दिँदैन ।
स्ट्रक्चरल इन्जिनियरसमेत रहेका बालेनले काठमाडौंमा मेयर बन्नका लागि महिनौं अगाडिबाट आवश्यक गृहकार्यको सुरुवात गरिसकेका थिए । काठमाडौंमा नेवा: समुदायको उल्लेख्य मत छ । नेवा: समुदायको निर्णायक मत हुने भएकाले उनलाई यहाँका रैथानेले कतिको विश्वास गरेका छन् ? त्यो हेर्न भने वैशाख ३० पछिको समयमा नै हामी पुग्नुपर्ने हुन्छ । जे होस बालेनको उम्मेद्वारीले देशका ठुला पार्टीहरुलाई राम्रै चुनौती दिएको छ । राजनीतिक विश्लेषकहरुसमेत पार्टीम्बाट वाक्क भएकाले बालेनलाई मत दिने बताउछन् ।। स्वतन्त्र उम्मेदवारलाई जित्न कठिन भने हुन्छ । तर जनताको समर्थन पाएँ जो कोही पनि निर्वाचित हुन सक्छ ।
समीक्षा बाँस्कोेटा
रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझाबाट उम्मेदवार बनेकी समीक्षालाई पनि मेयर बन्न सक्नेपात्रका रुपमा हेर्न सकिन्छ । काठमाडौंको नेतृत्व लिन मिश्रले समीक्षालाई अघि सारेका छन् । मिश्रको पार्टीमा पनि पुरानै पार्टीको रोग देखा परेपछि धेरै मतदाता भने रुष्ट छन् । विवेशीलको लोकप्रियता बढ्दो क्रममा नै थियो । तर, पार्टीबाट मिलन पाण्डे, रन्जु दर्शाना लगायतका नेतालाई कारबाही गरेर हटाइएपछि मिश्र पनि पानीमाथिको ओभानो बन्न सकेनन् । यसको प्रभाव आगामी निर्वाचमा अवस्य देखिने छ ।
छोटो समयमा राम्रो वैकल्पिक शक्ति हुन सक्ने आधार खडा गरेको विवेकशीलको घर बनाउन नपाई जग भत्किएँ जतिकै भएको छ । समीक्षा भने राजधानीबासीले परिवर्तनका लागि आफूलाई मत दिनेमा विश्वस्त छिन् । उनले परिवर्तन गर्नका लागि आफूलाई मत दिन अपिल गरिरहेकी छिन् । उनले काठमाडौंमा देखिएका सबै समस्या समाधान गर्न आफू र विवेकशील नेतृत्व परिपक्व रहेको बताउँदै आएकी छिन् । उनको लोकप्रियता बढ्दो भए पनि पार्टीको खस्कदो शाखले उनको उम्मेदवारीदलाई धक्का दिने कतिपयको विश्लेषण छ ।
विभिन्न मिडियाहरुमा अन्तर्वाता दिइरहेकी बाँस्कोटाका लागि मत माग्न पार्टी अध्यक्ष रवीन्द्र पनि घर-घर पुगिरहेका छन् । उनले समीक्षाले जिते परिवर्तन गरेर छाड्ने बचन राजधानीबासीलाई दिएका छन् । रवीन्द्रको लोकप्रियताका काररण पनि समीक्षाको जित्न सक्ने आधार बलियो छ । पुराना पार्टीको विरास्तलाई नै जोगाउनुपर्छ भन्ने धेरै मानिसको सोच उनीहरुको लागि चुनौतीका लागि खडा भने हुन सक्छ ।
मदनदास श्रेष्ठ
राप्रपाको जनलहर देशभर बढ्दो क्रममा छ । एकातीर अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपा तेस्रो शक्तिरुपमा उदय हुने दाबी गर्ने पनि उत्तिकै छन् । यसको प्रभाव स्थानीय निर्वाचनमा समेत पर्न सक्ने धेरैको आँकलन छ । मदनदास पनि लोकप्रिय नै उम्मेदवार हुन् । कलाकार पृष्ठभूमिका मदनदासलाई जित्न भने त्यति सजिलो छैन । तर आफू सफल कलाकार रहेको र जनताले अब आफूलाई विश्वास गर्नेमा आफू विश्वस्त रहेको उनले बताउँदै आएका छन् । लिङ्देनले पनि श्रेष्ठलाई मत माग्दै आफ्नो पार्टीले काठमाडौंमा जित्नेमा ढुक्क रहेको बताएका थिए ।
मदनदास र राजेन्द्रको लोकप्रियताको मापन त ? ब्यालेट पेपरमा खसेको मतले गर्नेछ । तर काठमाडौंमा राम्रो अंकमा मत ल्याउने राजनीतिक विश्लेषकहरु बताउछन् । राजेन्द्रको जनलहर हेर्दा राप्रपाले थुप्रै स्थानीय तहको कमान्ड सम्हाल्दै छ ? भन्दा फरक पर्दैन । भ्रष्टचार गर्नू आमाको रगत खाएँसरह हो भन्ने राजेन्द्रलाई धेरै मानिसहरुले साथ दिइरहेका छन् । पार्टी नेतृत्व लिएपछि राजेन्द्रले धेरै स्थानीय तहमा गएर मत मागेर माहोल राप्रपाको लागि बनाइरहेका छन् । राप्रपाले देशका प्रमुख पार्टी एमाले र कांग्रेसलाई टक्कर दिने राजेन्द्रको अभिव्यक्तिले पनि काठमाडौंको मतमा केही फरक पार्न सक्ने विश्लेषकहरुको दाबी छ ।
प्रतिक्रिया