अशक्त तथा विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बिमा : जयराज ढकाल

काठमाडौं । झापाको विर्तामोड नगरपालिका वडा नम्वर ९ बाट स्वतन्त्र उम्मेद्वारी दिएका जयराज ढकालले चुनाव जित्ने दाबी गरेका छन् । ढकालले नेपालखोजसँग कुरा गर्दै जनता पार्टीका प्रतिनिधिबाट वाक्कदिक्क भएकाले आफूलाई मत दिनेमा विश्वस्त रहेको बताए ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका ढकालले गठबन्धनबाट ९ नम्वर माओवादीको पोल्टामा पुगेपछि असन्तुष्ट बन्दै स्वतन्त्र उम्मेद्वारी दिइएको बुझिएको छ । युवा नेता ढकाल साधारण र लोकप्रिय नेताकारुपमा परिचित छन् । काग्रेसबाट टिकट पाउनेमा उनको नाम रहे पनि माओवादीकाे भागमा परेपछि उनी रुष्ट बने । उनले भने, जनताको काम गर्ने पवित्र सोच लिएको छु । जनताले भनेका काम गर्छु पाँच वर्ष । म पार्टीको प्रतिनिधि पनि होइन् मलाई कसैले रोक्न सक्दैन्, छेक्न सक्दैन । मलाईं फेरि यसको कारण यो गर्न सकिन् ? त्यो गर्न सकिन् भन्ने छुट पनि छैन् ? किन कि मैले स्वतन्त्ररुपमा जनताका लागि काम गर्नुपर्छ ।
शुन्य भ्रष्टाचारको सिद्धान्तलाई अक्षरश: पालना गर्दै वडाका काम कारबाहीहरुलाई छिटो, छरितो, पारदर्शी बनाउनेमा आफू प्रतिबद्ध रहेको उनले दाबी गरे । उनले सबैको सल्लाह सुझाव लिएर अगाडि बढ्ने स्पष्ट पारे । उनले भने, ‘वडाका विकास निर्माण कार्यमा आम वडाबासीको सल्लाह एवं सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै यही २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिका वडा नं ९ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार म जयराज ढकाललाई आफ्नो अमूल्य मतका साथ विजयी गरायदिन हन आम वडावासी बुबा आमा, दाजु भाइ, दिदी बहिनी लगायत सबैमा हार्दिक अनुरोध गर्दछु ।‘
विपन्न तथा अशक्त परिवारका जेहेन्दार विद्यार्थीहरुको लागि वडाले नि:शुल्क पढाइदिने उनले बताए । जेबरा चुनाव चिह्न लिएर चुनावमा होमिएका उनले जित्नेनमा ढुक्क रहेको बताए । उनले पार्टीभन्दा माथि सच्ने बानी बसाल्नुपर्नेमा जोड दिए । उनले कसैको दबाबबिना नै जनताका लागि काम गर्ने मन भएको बताए । उनले चुनाव जिते महिलाहरुकाे लागि विभिन्न प्रकारका तालिम दिने र उद्यमी बनाउने बताए ।
विद्रोहको सुरुरवात कोहीबाट आवश्यक रहेको र आफूले त्यस्को थालनी गरेको बताए । उनले आफ्नो अभियानमा युवादेखि लिएर सबैको साथ र सहयोग रहेको दाबी गरे । उनले भने, मलाईं सबेको आशिर्वाद छ । चुनाव जित्नेमा आशावादी छु । पैसाका लागि पाँच वर्ष अन्धकारमा नधकेलौं । सहि नेतृत्व चुनौं र आफ्ना छोराछोरीका भविष्य राम्रो बनाऔं । आज हाम्रो गल्तिले छोराछोरीको भविष्य कतै अध्याँरो त हुँदैन ? आँफैंलाई प्रश्न गरौंं ।’
प्रतिबद्धताहरु
१. समस्त वडावासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अशक्त तथा विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बिमा गराइनेछ ।
२. कृषिमा आश्रित विपन्न परिवारहरुको पहिचान गरी आय आर्जन वृद्धिका लागि खसी बोका, गाई, सँगुर बंगुर तथा कुखुरा वडाका तर्फबाट मापदण्ड बनाई नि:शल्क वितरण गरिनेछ ।
३. पशु बिमा तथा बाली बीमाको अभियान सञ्चालन गर्न र बिमाको लागि वडाबाट अनुदानको व्यवस्था मिलाउने । ।
४. वर्षेनी आउने बाढीको कारण हुने खेतीयोग्य जमिनको कटानलाई नियन्त्रण गर्न गुरुयोजना बनाई वडा तथा नगरको समन्वयमा २ वर्षभित्रमा कार्यान्वयन गरिनेछ।
५. विपन्न तथा अशक्त परिवारका जेहेन्दार विद्यार्थीहरुको पहिचान गरी वार्षिक ५ छात्र र ५ छात्राहरुलाई नि:शुल्क रुपमा अध्ययनगर्न वडाबाट व्यवस्था मिलाइनेछ।
६. सबै वडावासीका छोराछोरीलाई “शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस् भनी विद्यालय पठाऔं अभियान सञ्चालन गरिनेछ । त्यसको लागि सम्पूर्ण रुपमा व्यवस्था गरिनेछ ।
७. स्थानीय आवश्यकताका आधारमा वडाका सडकहरुको निर्माण स्तरोन्नति, विस्तार एवं मर्मत सम्भार गरिनेछ ।
८. वडाका प्रत्येक टोलमा विद्युतीकरण भएको भए तापनि कम भोल्टेजका कारण विभिन्न समस्याहरु उत्पन्न भएकाले भोल्टेज वृद्धिका लागि नगर तथा सम्बन्धित निकायहरुमा आवश्य गरिनेछ ।
९. वडा कार्यालयबाट प्रदान गरिने सेवा तथा सुविधाहरुलाई सवाग्राहीमैत्री बनाइने तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिमहरुको व्यवस्था गरिनेछ ।
१०. महिला दिदीबहिनीहरुको आयआर्जन वृद्धिका लागि व्यवसायिक तालिमहरुको व्यवस्था गरिनेछ ।
११. वडाको समग्र खेलकदको विकासका लागि विज्ञहरुको एक सामात गठन गरी समितिमार्फत खेलकद अभियानलाई निरन्तर एव प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
अन्त्यमा, शुन्य भ्रष्टाचारको सिद्धान्तलाई अक्षरश: पालना गर्दै वडाका काम कारवाहीहरुलाई छिटो, छरितो, पारदर्शी बनाउँदै वडाका विकास निर्माण कार्यमा आम वडावासीको सल्लाह एवं सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै यही २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार म जयराज ढकाललाई आफ्नो अमूल्य मतका साथ विजयी गरायदिन हन आम वडावासी बुबा आमा, दाजु भाइ, दिदी बहिनी लगायत सबैमा हार्दिक अनुरोध गर्दछु ।



प्रतिक्रिया