आइतबार, वैशाख ७, २०८२

बाबुको मृत्युपछि छोरालाई टिकट

नेपालखोज २०७९ वैशाख २८ गते १५:२१

दाङ । दाङमा बाबुको मृत्युपछि एमालेले छोरालाई टिकट दिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनका छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाएको हो। लबरुको कलेजो र मिर्गौला रोगका कारण मृत्यु भएको थियो ।

एमालेका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाइएको हो ।
एमालेका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

वडा नं १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नंं १७ को हकमा वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

प्रतिक्रिया