पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी जनकपुरबाट पक्राउ

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले अन्सारीलाई जनकपुरबाट पक्राउ गरेको हो ।
अन्सारीलाई स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । पैसा बाँडेको आरोपमा होहल्ला भएपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई लिएर गएको हो । जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । प्रहरीले उनलाई सुरुमा जिल्ला प्रहरी कार्यालय लैजाने बताए पनि विमानस्थल पुर्याएको हो ।
जनकपुरस्थिति शीता शरण होटेलको कोठा नम्बर ३०५ बाट अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जानकारी दिएको छ। प्रहरीले उनको कोठाबाट एउटा झोला समेत बरामद गरेको छ । जसमा पैसा रहेको जनाइएको छ।
अध्यक्ष अन्सारी नेकपा एमाले समर्थित हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७५ चैतमा अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका थिए । आयोगको अध्यक्ष सिफारिस भएका बेला उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो । तर, उजुरीका सम्बन्धमा संसदीय समितिले निर्णय गर्न नसक्दा उनी स्वत: नियुक्त भएका थिए ।
प्रतिक्रिया