आइतबार, वैशाख ७, २०८२

आयोगले भन्यो- पत्रकारलाई छुट्टै पास चाहिँदैन

नेपालखोज २०७९ वैशाख २९ गते १७:१४

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ।

आयोगले आज विज्ञप्ति जारी गर्दै सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासविना आवतजावत गर्ने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको हो।

साथै सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। स्थानीय तहको निर्वाचन भोलि देशभर एकैपटक हुँदैछ ।

प्रतिक्रिया