आइतबार, वैशाख ७, २०८२

निर्वाचनको सम्पूर्ण तयारी पूरा, आचारसंहिता उल्लंघनका ६६ घटना

नेपालखोज २०७९ वैशाख २९ गते १७:५९

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । आयोगले आज नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाच्नका लागि तयारी पूरा गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भोलि हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि सुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि सुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिए ।

त्यस्तै आयोगले आचारसंहिता लागू भए यता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने, ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जानकारी दिए । उनले आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधको बताए ।

सहप्रवक्ता अर्यालले आयोगले ७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन काार्यलय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम नगर्न अनुरोध गरेको बताए ।

प्रतिक्रिया