कसैको प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न मतदाताहरुलाई आग्रह
नेपालखोज
२०७९ वैशाख २९ गते १८:३९

काठमाडौं । निर्वाचन आयोगले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेको छ । आज बसेको आयोगको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेका हुन् ।
उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिए । प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रवन्ध मिलाइ सकिएको र मतपेटिकाको सुरक्षा र सकिए पछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको बताए ।
प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकालकाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरुलाई आग्रह गरे ।
सम्बन्धित
प्रतिक्रिया