मेरो चरित्र हत्या गर्न एमालेले पैसा बाँड्यो : अन्सारी
नेपालखोज
२०७९ वैशाख २९ गते २०:०१

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न नेकपा एमालेका नेताहरुले पैसा बाँडेको आरोप लगाएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जनकपुरमा मतदातालाई पैसा बाँडेर नेकपा एमालेका नेता रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका हुन् । अध्यक्ष अन्सारीमाथि मतदातालाई प्रभावित पार्न जनकपुरमा पैसा बाँडेको आरोप लागेको थियो ।
उनले बिहान ११ बजेको समयमा केही हुल गुण्डाहरु आएर आफूमाथि हमला गर्ने प्रयास गरेको पनि बताए । उनले आफ्नो चरित्र हत्या गर्नखोज्नेहरुमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् । अध्यक्ष अन्सारीले आफ्नो चरित्र हत्या गर्ने लक्ष्य राखेर एमालेका नेताहरुले फण्डा मच्चाएको बताए ।
सम्बन्धित
प्रतिक्रिया