स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सुरु, साँझ ५ बजेसम्म मतदान गर्न पाइने
नेपालखोज
२०७९ वैशाख ३० गते ७:११

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको हाे ।
मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।
जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया