योग्य र मन परेको उम्मेद्वारलाई भोट हाल्न मतादातालाई डंगोलकाे आग्रह

काठमाडाैं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्वार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छन् ।
उनले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गरेकी छन् । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मेद्वारलाई भोट हाल्न आग्रह गरिन् । उनले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताइन् ।
उपमेयरकी उम्मेद्वार डंगोलले भनिन्, ‘अधिकारको प्रयोग गरेर मत हालौँ । म पनि एकदमै उत्साहीत छु । मैले जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार हो ।’
उपमेयरकी उम्मेद्वार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकोले संयमता अपनाएर बस्न र उचित उम्मेद्वारलाई मतदान गर्न पनि आग्रह गरिन् । स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ ।
प्रतिक्रिया