केही व्यथा त्यहाँ पनि
प्रतिमा श्रेष्ठ
२०७९ वैशाख ३१ गते १२:१३

मलाई तिमीलाइ बिर्सनु नै छैन
तिमिलाइ सम्झनु मेरो हक हो
जाउ जति टाढा जान्छौ जाउ
त्यो मन पनि मेरो लागी दुखेको छ
थाहा छ त्यहाँ माया लुकेको छ
मलाइ हेर्ने आँखाले हजार कुरा बोल्छ
मैले छाम्ने धुकधुकीले तिम्रै पोल खोल्छ
जानेरै बाटो फेरे पनि
नदेखे झैँ अन्त हेरे पनि
त्यो मन पनि मेरो लागि रोएको छ
यो मायाले त्यो मन पनि छोएकै छ
त्यस्तो कुनै पल बितेन जहाँ तिम्रो सम्झना नहोस
बिर्सन पनि चाहिन मैले सधै मनले तिमीलाइ छोवोस
नबुझे झैँ गरे पनि
अलि पर सरे पनि
त्यो मन पनि सम्झनामा अल्झेको छ
केही व्यथा त्यहाँ पनि बल्झेको छ ।
सम्बन्धित
प्रतिक्रिया