देशभर कुन पार्टीले कति स्थानमा प्रमुख र उपप्रमुखमा अग्रता लिँदैछन् ?

काठमाडौं । देशभरका प्रायः सबै केन्द्रमा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार देशभरका स्थानीय तहको प्रमुखमा कांग्रेस अगाडि छ । यो समाचार तयार पार्दासम्म कांग्रेस ८५ वटा पालिका प्रमुखमा अग्रता लिइरहेको छ ।
कांग्रेसले ६९ वटा स्थानीय तहको उपप्रमुखमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ५७ वटा स्थानीय तहको प्रमुख पदमा अग्रता लिएको छ । ५४ उपप्रमुख पदमा अग्रता लिएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ३८ वटा पालिका प्रमुखमा अग्रता लिएको छ ।
सो पार्टीले ३५ वटा पालिकाको उपप्रमुखमा अग्रता लिएको जनाइएको छ । यस्तै जसपा नेपालले ३ प्रमुख र ३ उपप्रमुखमा अग्रता कायम गरेको छ । यस्तै एकीकृत समाजवादी पार्टीले प्रमुखमा ७ स्थानमा अग्रता लिइरहेको छ भने उपप्रमुखमा ३ स्थानमा अग्रता लिइरहेको छ । अन्य दलले भने यो समाचार तयार पार्दासम्म प्रमुख र उपप्रमुख पदमा अग्रता कायम गर्न सकेका छैनन् ।
अहिलेसम्म कांग्रेसले ३ वटा प्रमुख पद जितेको छ । उप्रमुखमा ३ पद जितेको छ ।यस्तै एमालेले प्रमुख ५ र उपप्रमुख ३ पद जितेको छ । एकीकृत समाजवादीले प्रमुखमा २ र उपप्रमुखमा १ पद जितेको छ । अन्य दलले विजयी हासिल गर्न सकेका छैनन् ।
प्रतिक्रिया