आइतबार, वैशाख ७, २०८२

भरतपुर महानगरको मतगणना सुरु

नेपालखोज २०७९ वैशाख ३१ गते १३:१९

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया