आइतबार, वैशाख ७, २०८२

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको सुरुवाती अग्रता

नेपालखोज २०७९ वैशाख ३१ गते १५:३५

धनगढी । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्। एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्।

त्यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन्। २१ मत बदर भएको छ।

सर्वदलीय बैठकपछि मतगणना आज मध्यान्ह साढे १२ बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। अहिले पनि उपमहानगरमा मत गणना जारी छ ।

प्रतिक्रिया