आइतबार, वैशाख ७, २०८२

काठमाडौंको मतपरिणाम : बालेनको अग्रता कायम, स्थापित पछ्याउँदै

नेपालखोज २०७९ वैशाख ३१ गते १९:२८

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उनले ४०२ मत प्राप्त गरेका हुन् ।

सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लिएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन् । स्थापित साहभन्दा ८३ मतले पछि छन् ।

गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकीछन् । सिंह साहभन्दा २०० मतले पछाडि छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन्।

अहिले काठमाडौं महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौंका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए। काठमाडौं महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।

उपप्रमुखमा डङ्गोलको अग्रता
त्यस्तै महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् ।

प्रतिक्रिया