आइतबार, वैशाख ७, २०८२

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता

नेपालखोज २०७९ वैशाख ३१ गते २०:०४

ललितपुर । ललितपुर महानगरपालिकामा ४ सय मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ ।

वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याएका छन् । नेकपा (एमाले)की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द) का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् ।

बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार हुन्। उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन् ।

प्रतिक्रिया