आइतबार, वैशाख ७, २०८२

निर्वाचन अपडेट : कुन पार्टीकाे अग्रता कहाँकहाँ ?

नेपालखोज २०७९ वैशाख ३१ गते २१:०३

काठमाडौं । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसले अग्रता कायम राखेको छ भने, एमालेले पछ्याइरहेको छ।

यो समाचार तयार पार्दासम्मको परिणाम अनुसार कांग्रेसले २ सय २५ स्थानीय तहमा अग्रता लिएको छ भने, एमालेले १ सय ५१ तहमा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म ८५ स्थानीय तहमा अग्रता कायम राखेको छ भने, नेकपा एकीकृत समाजवादी पार्टीले १० स्थानमा अग्रता कायम राखेको छ । जनता समाजवादी पार्टी (जसपा)ले १४ स्थानमा अग्रता लिएको छ।

यस पटकको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ भने, एमालेले पनि राप्रपा नेपाल, नेपाल परिवार दललगायतका दलहरुसँग गठबन्धन बनाएको छ।

२०७४ मा एमालेले २ सय ९८ स्थानीय तह जितेर पहिलो दल बनेको थियो, तर २०७९ को स्थानीय तह निर्वाचनमा भने एमालेले पुरानो बर्चस्व जोगाउन कठिन देखिएको छ।

प्रतिक्रिया