आइतबार, वैशाख ७, २०८२

उदयपुरको बेलकामा मेयरमा कांग्रेसका कार्की र उपमेयरमा माओवादीका तामाङको अग्रता

नेपालखोज २०७९ जेठ १ गते १०:५२

काठमाडौं । उदयपुरका विभिन्न स्थानीय निकायमा मतगणना जारी छ । पछिल्लो मतरिणामअनुसार कांग्रेसका अशोक कार्की अग्रस्थानमा छन् । उनले २३९१ मत प्राप्त गरेका छन् ।

कार्की गठबन्धनबाट मेयरका उम्मेदवार हुन् । उपमेयरमा माओबादीका मनोज तामाङले १७९५ मत ल्याएर पहिलो स्थानमा छन् ।यसअघि मेयरको कार्यभार सम्हालीसकेका एमालेका दुर्गाकुमार थापा १४०९ मत ल्याएर दोस्रो स्थानमा छन् । उपमेयरमा एमालेकी जिरा राई १६१७ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

जनता समाजवादी पार्टीका महेन्द्रबहादुर राईले १७ मत ल्याएका छन् । राप्रपाका इन्द्र अधिकारीले ७ मत ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले मेयर र उपमेयर पदमा विजयी हासिल गरेको थियो ।

प्रतिक्रिया