आइतबार, वैशाख ७, २०८२

बालेनले कटाए ३ हजार मत, स्थापित र सिर्जनाबीच कडा प्रतिस्पर्धा

नेपालखोज २०७९ जेठ १ गते १५:१९

काठमाडौं । महानगरपालिकामा स्वतन्त्र उम्मेद्‍वार बालेन शाहको अग्रता कायमै छ । उनले अहिलेसम्म ३११० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेद्‍वार केशव स्थापितले पछ्याएका छन् ।

स्थापितले अहिलेसम्म जम्मा १६४५ मत प्राप्त गरेका छन् । तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् । उनले अहिलेसम्म १६०२ मत प्राप्त गरेकी छन् । यसैगरी एमालेबाट उपमेयरकी उम्मेद्‍वार सुनीता डंगोलले अग्रतालाई फराकिलो बनाएकी छन् । डंगोल पहिलो स्थानमा छिन् । उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उनलाई पछ्याएका छन् ।

काठमाडौंको १, २, ३, ४, ३१ र ३२ वडाको मतगणना अहिले जारी छ । एमालेको गढ मानिएका क्षेत्रमा समेत बालेनले राम्रो मत ल्याएका हुन् । उनले सुरुवातदेखि नै अग्रता बनाएका हुन् ।

प्रतिक्रिया