आइतबार, वैशाख ७, २०८२

झापाको हल्दिबारी-१ मा राप्रपाको प्यानल नै विजयी, अध्यक्षमा पनि रवीन्द्रको फराकिलो अन्तर

नेपालखोज २०७९ जेठ १ गते १७:२५

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यानल नै विजयी भएको छ । वडा नम्बर-१ को वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापासहितको प्यानलले विजयी बनेको हो ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यसै वडाबाट मतदान गरेका थिए । हल्दिबारीमा राप्रपा, एमाले, कांग्रेस तथा माओवादी केन्द्रले एक्लाएक्लै चुनावी प्रतिष्पर्धा गरेका छन् । वडा सदस्यमा कुलबहादुर बान्तवा, प्रकाशकुमार कार्की, महिला सदस्यमा शान्ता शिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी बने ।

यस्तै गाउँपालिका प्रमुखमा पनि सुरुदेखि नै राप्रपाका अध्यक्ष उम्मेद्‍वार रबीन्द्र लिङ्देनले अग्रता बनाएका छन् । उनले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । उनले २१८२ मत प्राप्त गर्दा नेकपा एमालेबाट उम्मेद्‍वार बनेका डम्बरबहादुर गिरीले १२५४ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका तुलसीप्रसाद ओलीले २९१ र माओवादीका भवानीप्रसाद दंगालले ९७ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि राप्रपाकी लक्ष्मीदेवी मैनालीले अग्रता कायमै राखेकी छन् । उनले १७६८ मत प्राप्त गर्दा एमालेकी शान्तादेवी गौतमले १२५० मत प्राप्त गरिन् । यस्तै स्वतन्त्र उम्मेद्‍वार लखना हेमरमले ६१५ मत प्राप्त गर्दा माओवादीकी टिकादेवी राउतले १४५ मत प्राप्त गरेकी छन् ।

लिङ्देन यसअघि पनि गाउँपालिका अध्यक्ष नै थिएँ । यस्तै एमालेबाट अहिले अध्यक्ष उम्मेद्‍वार बनेका गिरी उपाध्यक्ष थिएँ । राप्रपाको प्रभाव क्षेत्र रहेको हल्दिबारीमा अध्यक्षसहित उपाध्यक्ष र अत्याधिक वडाध्यक्ष जित्ने दाउँमा राप्रपा छ ।

प्रतिक्रिया