रघुगंगामा कांग्रेस विजयी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचितभएका हुन् । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मीना विकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाएका छन् ।
आठवटा वडा रहेको रघुगंगाको पाँचवटा वडा कांग्रेस र तीन वडामा एमालेका उम्मेद्वार प्यानलसहित विजयी भएका छन् । रघुगंगा–१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा ९रिम० र ८ कुइनेमङ्गलेमा कांग्रेसका गमान छन्त्याल वडाध्यक्षमा निर्वाचितभएका छन् । १३ हजार ९४७ मतदाता रहेको रघुगंगामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचित हुने ४२ पदका लागि १३५ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका थिए । जिल्लाको छ वटामध्ये दुईवटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् । मतपरिणाम सार्वजनिक भएका ३० वटा वडामध्ये एमालेले १३, कांग्रेसले १२ र माओवादीले चारवटा वडामा जित हासिल गरेका छन् । अब १५ वटा वडा र चारवटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।
प्रतिक्रिया