आइतबार, वैशाख ७, २०८२

विराटनगर महानगर : मेयरमा कांग्रेस र उपमेयरमा एमालेकाे अग्रता कायमै

नेपालखोज २०७९ जेठ २ गते ९:४३

विराटनगर । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुख कांग्रेस अग्रस्थानमा देखिएको छ । एमाले दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । काठमाडौं, ,विराटनगर, भरतपुरलगायत स्थानीय तहमा परिणाम कस्तो हुने हो भन्ने आमचासो छ ।

विराटनगर महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रस्थान बनाएका छन् । उनले यो समाचार तयार पार्दासम्म ४२७० मत प्राप्त गरेका छन् ।नागेशलाई एमालेका सागर थापाले पछ्याइरहेका छन् । थापाले ३,०७६ मत प्राप्त गरेका छन् ।

मेयरमा स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले १३३९ मत प्राप्त गरेका छन् ।यसैबीच उपमेयरमा एमालेकी शिल्पा कार्की अगाडि छन् । उनले ३,५२६ मत प्राप्त गरेकी छन् । यसैगरी जसपाबाट उपमेयरका उम्मेद्वार अमरेन्द्र यादवले २,२८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया