आइतबार, वैशाख ७, २०८२

ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता कायमै, उपमेयरमा कांग्रेस अगाडि

नेपालखोज २०७९ जेठ २ गते १३:०३

काठमाडौं । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापाले अग्रता कायम्रै राखेका छन् । उनले ५०९१ मत ल्याएका छन् । एमालेकी गीताकुमारी पौडेल अधिकारीले ४४९५ मत ल्याएकी छन् ।

राप्रपाका थापा एमालेकी गीताभन्दा ५९६ मतले अगाडि छन् । मेयरमा मंगोल नेसनल अर्गनाइजेसनका दीपेशकुमार राईले २४ मत प्राप्त गरेका छन् । यसैबीच उपमेयर नेपाली कांग्रेसकी रेगिना भट्टराई ४,९४३ मतसहित अग्र स्थानमा छिन् ।

यस्तै उपमेयरमा नेकपा एमालेका अम्बिकाप्रसाद खनालले ४,३४४ मत ल्याएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका पुष्पा शेर्पाले २४ मत ल्याएकी छिन् ।

प्रतिक्रिया