नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेस उपाध्यक्षमा माओवादी
नेपालखोज
२०७९ जेठ २ गते १८:३९

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा गठबन्धन विजय भएकाे छ । गठबन्धनबाट उठेका गाउँपालिका अध्यक्षमा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरेका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धनकै माओवादी केन्द्र विजयी भएकाे छ । माओवादी केन्द्रबाट उम्मेद्वार बनेका हरिप्रसाद रिमालले ४ हजार ६५८ मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार कोपिला भट्टले तीन हजार ३९२ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया