आइतबार, वैशाख ७, २०८२

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

नेपालखोज २०७९ जेठ २ गते १९:११

काठमाडाैं । जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । जुम्लामा एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ ।

यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् । जिल्लाको हिमा गाउँपालिकामा लक्ष्मण शाही विजयी भएका हुन् । शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का अम्मराज शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी सुर्पना शाही विजयी भएका छन् । उनले १ हजार ५१८ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएका गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा हिमामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी भएको थियो । कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले विजयी गरेको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढाले दुई हजार ३८० मत ल्याएकी थिइन् भने उनका निकतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता खत्रीले एक हजार ९४५ मत प्राप्त गरेका छन् । यहाँका तिला, तातोपानी र पातारासी गाउँपालिकामा कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । रासस

प्रतिक्रिया