भरतपुर महानगरमा फेरि लाग्याे गठबन्धन अगाडि, १७ मतले दाहालकाे अग्रता
नेपालखोज
२०७९ जेठ २ गते २०:४९

चितवान । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेद्वार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार १६५ मत प्रप्त गरेकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले पाँच हजार १४८ मत प्राप्त गरेका छन् छ भने स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले २,४४० मत पाएका छन् ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६२०६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरूङले ४,१५७ मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया