आउँदै छन् यी स्मार्टफोन

काठमाडौं । भिभो, रियल मी, वान प्लस तथा इनफिनिक्सजस्ता स्मार्टफोन ब्रान्डले यो साता भारत, चीनसहितको एसियाली बजारका साथ युरोपमा विभिन्न स्मार्टफोन लन्च गर्दै छन् । हेरौं केही अपकमिङ स्मार्टफोनको लन्च डिटेल र स्पेसिफिकेसन :
Vivo X80 Series
भिभोले १८ मईमा भिभो एक्स ८० सिरिज लन्च गर्दै छ । यो स्मार्टफोन सिरिजमा भिभो एक्स ८० तथा भिभो एक्स ८० प्रो सामेल छन् । भिभो एक्स ८० प्रो मा क्वाड-एचडी प्लस रिजोल्युसनका साथ ६.७८ इन्चको ई फाइभ एमोलेड प्यानल तथा १२० हर्ज रिफ्रेस रेट रहनेछ । भिभो एक्स ८० फुल एचडी रेजोल्युशनका साथ उपलब्ध गराइँदै छ । भिभो एक्स ८० मीडियाटेक डाइमेन्सिटी ९००० चिपसेटले सुसज्जित हुनेछ भने एक्स ८० प्रो क्वालकम स्नापड्रेगन ८ गेन १ चिपसेटका साथ आउनेछ ।
भिभो एक्स ८० मा ५० मेगापिक्सल सोनी आइएमएक्स ८६६ लेन्स , १२ मेगापिक्सल अल्ट्रा-वाइड लेन्स तथा १२ मेगापिक्सल पोर्ट्रेट युनिटका साथ ट्रिपल क्यामेरा सिस्टम जडान हुने बताईदैंछ । भिभो एक्स ८० प्रो मा एउटा अतिरिक्त सेन्सर रहने बताईदैछ । यो चार रियर क्यामेरा युक्त फोन हुनेछ । एक्स ८० प्रो मा ५० मेगापिक्सल सामसुङ जीएनभि १जी लेन्स , ४८ मेगापिक्सल अल्ट्रा-वाइड सेन्सर , १२ मेगापिक्सल पोर्ट्रेट युनिट तथा ८ मेगापिक्सल पेरिस्कोप लेन्स रहनेछ । यी दुबै फोनको अगाडि ३२ मेगापिक्सलको सेल्फी स्नापर हुनेछ । एक्स ८० मा ८० वाटको वायर्ड फास्ट चार्जिङ सपोर्टका साथ ४५०० एमएएच को ब्याटरी रहनेछ भने एक्स ८० प्रो मा ४७०० एमएएचको ब्याटरी रहनेछ । यसमा ८० वाट वायर्डका साथ ५० वाट वायरलेस फास्ट चार्जिङ सपोर्ट दिइँदै छ ।
Realme Narzo 50
भिभोका अतिरिक्त रियलमीले पनि १८ मेकै दिन रियलमी नारजो ५० सिरिज लन्च गरिदैंछ । यो स्मार्टफोन सिरिजमा रियलमी नारजो ५० फाइभ जी तथा नारजो ५० प्रो फाइभ जी शामेल छन । नारजो ५० फाइभ जी मा ६.५८ ईन्चको एमोलेड डिस्प्लेका साथ फुल-एचडी प्लस रिजोल्युशन तथा ९० हर्ज रिफ्रेस रेटको सुविधा उपलब्ध हुनेछ । यो स्मार्टफोनमा एउटा डुअल-क्यामेरा सिस्टम रहनेछ जसमा १३ मेगापिक्सलको मेन लेन्स तथा २ मेगापिक्सलको डेप्थ सेन्सर शामेल छ । यसको फ्रन्टमा सेल्फीका लागि ८ मेगापिक्सलको स्नापर दिइँदै छ ।
रियलमी नारजो ५० सिरिजको स्मार्टफोन मीडियाटेक डाइमेन्सिटी ८१० चिपसेटले सुसज्जित रहनेछ जसलाई ६ जिबि र्याम तथा १२८ जिबि इन्टरनल स्टोरेजका साथ जोडिनेछ । यो फोनमा ४८०० एमएएचको ब्याट्री जडान गरिएको छ जसमा ३३ वाटको फास्ट चार्जिङ सपोर्ट रहनेछ । रियलमीका अनुसार नारजो ५० प्रो फाइभ जी मीडियाटेक डाइमेन्सीटी ९२० चिपसेटका साथ उपलब्ध गराइँदै छ ।
OnePlus Nord 2T
वनप्लस नार्ड टु टि १९ मईमा सार्वजनिक हुँदैछ । यसको अन्तर्राष्ट्रिय बजार मुल्य ५१ हजार जति हुने अनुमान छ । यो स्मार्टफोन मा ६.४३ इन्चको फ्लाट एमोलेड डिस्प्ले रहनेछ जसले ९० हर्ज रिफ्रेस रेट तथा फुलएचडि प्लस रिजोल्युशन दिनेछ । यो फोनमा मीडियाटेक डाइमेन्सीटी १३०० चिपसेट जडान हुनेछ र यो आउट-अफ-द-बक्स एंड्रोइड १२ मा बेस्ड अक्सीजन १२ ओएस मा चल्नेछ ।
फोटोग्राफीका लागि वनप्लस नार्ड टु टि मा ट्रिपल रियर क्यामेरा सेटअप दिइँदै छ । जसमा ५० मेगापिक्सलको सोनी आईएमएक्स ७६६ सेन्सर रहनेछ । यसले अप्टिकल इमेज स्टेबिलाइजेशन (OIS), एउटा ८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा तथा २ मेगापिक्सल मोनोक्रोम सेन्सरलाई सपोर्ट गर्नेछ । सेल्फीका लागि यसमा ३२ मेगापिक्सलको फ्रन्ट -फेसिङ क्यामेरा दिइँदै छ । वनप्लसको यो स्मार्टफोनमा ४५०० एमएएचको ब्याटरी रहनेछ भने यसले ८० वाटको फास्ट चार्जिङको सपोर्ट पाउनेछ ।
Infinix Note 12 Series
इन्फिनिक्स नोट १२ सिरिजमा इन्फिनिक्स नोट १२ तथा इन्फिनिक्स नोट १२ टर्बो उपलब्ध हुनेछन् । यो फोनले २० मईमा डेब्यु गर्नेछ । इन्फिनिक्स नोट १२ र नोट १२ टर्बोमा फुल-एचडी प्लस रेजोल्युशनका साथ ६.७ इन्चको डिस्प्ले रहनेछ । भेनिला नोट १२ मा मीडियाटेक हीलियो जी ८८ चिपसेट रहनेछ भने नोट १२ टर्बो मा हेलियो जी ९६ चिपसेट जडान हुनेछ । यि दुबै फोनले मिडियाटेकको हाइपर इन्जिन २.० गेमिङ सुटलाई सपोर्ट गर्नेछन् ।
यो सिरिजको फोनमा ५००० एमएएचको ब्याटरी रहनेछ भने यो ३३ वाट फास्ट चार्जिङ सपोर्ट का साथ उपलब्ध हुनेछ । यो फोनमा ५० मेगापिक्सलको ट्रिपल क्यामेरा सिस्टम तथा १६ मेगापिक्सलको सेल्फी स्नापर रहने बताईदैछ । यो सिरिज आउट अफ दि बक्स एड्रोइड १२ मा बुट हुनेछ ।
प्रतिक्रिया