भरतपुरमा रेणु दाहाल २९ मतले अगाडि
नेपालखोज
२०७९ जेठ ३ गते ९:२९

भरतपुर । चितवनको भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये यस महानगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने देशैभर चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छन् ।
उनले यो समाचार तयार पार्दा ५,७१८ मत प्राप्त गरेकी छन् ।उनलाई एमालेका विजय सुवेदीले झिनो मतले पछ्याइरहेका छन् । सुवेदीले ५,६८९ मत प्राप्त गरेका छन् । सुवेदी रेनुसँग २९ मतले पछाडि छन् । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले २,७८८ मत प्राप्त गरेका छन् । यसैवीच उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ६,९८५ मतले अगाडि छन् । उनलाई राप्रपाका हिमाल गुरुङले ४,६४५ मत ल्याउँदै पछ्याइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया