आइतबार, वैशाख ७, २०८२

ओलीको गृहनगर दमकको मेयरमा राप्रपाले मतान्तर बढाउँदै, उपमेयरमा एमाले अगाडि

नेपालखोज २०७९ जेठ ३ गते ९:५४

दमक । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापाले अग्रता कायम्रै राखेका छन् । उनले ७,५५३ मत ल्याएका छन् । एमालेकी गिताकुमार पौडेल अधिकारीले ६,६८४ मत ल्याएकी छन् । राप्रपाका थापा एमालेकी गीताभन्दा ८६९ मतले अगाडि छन् । मेयरमै जनता समाजवादी पार्टीका पवन विष्टले ४१ र मंगोल नेशनल अर्गनाइजेशनका दीपेशकुमार राईले २७ मत प्राप्त गरेका छन् ।

यसैबीच उपमेयरमा एमालेका अम्बिकाप्रसाद खनालले नेपाली कांग्रेसकी रेगिना भट्टराईलाई उछिनेका छन् । एमालेका खनालले ७,५९२ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसकी रेगिनाले ७, २३१ मत ल्याएकी छन् । मंगोल नेशनल अर्गनाइजेशनका पुष्पा शेर्पाले २५ मत ल्याएकी छन् भने एकीकृत समाजवादीका महेश घिमिरेले ७१ मत ल्याएका छन् ।

प्रतिक्रिया