सोमबार, वैशाख ८, २०८२

वीरेन्द्रनगरको मेयरमा एमाले उम्मेद्वार १२८ मतले अघि, उपमेयरमा एमालेकै अगाडि

नेपालखोज २०७९ जेठ ४ गते १२:०७


सुर्खेत । सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने सुर्खेत मात्रै नभइ कर्णाली प्रदेशका बासिन्दाकै चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयर पदका उम्मेद्वार एमालेकी मोहनमाया ढकालले अग्रता लिएकी छन् । उनले ११,३५० मत प्राप्त गरेकी छन् । कांग्रेसका उपेन्द्रबहादुर खड्काले ११,२२२ मत प्राप्त गरेका छन् । खड्का गठबन्धनको सहयोगमा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार हुन् ।

यस्तै उपमेयरमा एमालेका नीलकण्ठ खनालले १४,५०४ मत प्राप्त गरेका छन् । माओवादीकी शान्ति ढकाल ८,२०५ मत ल्याउँदै दोस्रो स्थान छिन् ।यस्तै उपमेयरमा एमालेका उम्मेद्वार नीलकण्ठ खनाल अग्रस्थानमा छन् । उनले ८,३३२ मत प्राप्त गरेका छन् । माओवादीबाट उपमेयर पदकी उम्मेद्वार शान्ति ढकालले ५,२३२ मत प्राप्त गरेकी छन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले २,०९३ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा स्वतन्त्रबाट अनिल ढकालले ६३५ र नेकपा एसका वीरबहादुर राउतले ५६७ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ११ मा कांग्रेस अगाडि छ । कांग्रेसका कुलबहादुर खत्रीले १,००१ मत प्राप्त गरेका छन् । एमालेले खिमलाल देवकोटाले ७८५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कटकबहादुर दमाईंले ५४ र राप्रपाका पदमप्रसाद ढकालले ४३ मत प्राप्त गरेका छन् ।

उता वडा नम्बर १ को अन्तिम मतपरिणाममा भने नेपाली कांग्रेसका दिनेश खत्री ४१ मतले विजयी भइसकेका छन् भने अन्य सदस्यमा एमालेका उम्मेद्वार विजयी भए । यस्तै वडा नम्बर २ मा एमालेका गजबहादुर बुढा प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ३ एमालेका विनोद विष्ट अध्यक्षमा निर्वाचित भएका छन् भने सदस्यमा कांग्रेसका उम्मेदवारहरु विजयी भए । यसैगरी, वडा नम्बर १५ को अध्यक्षमा कांग्रेसका कृष्णबहादुर थापा मगर प्यानलैसहित विजयी भएका छन् । वडा १४ मा भने नेकपा एमालेका देवबहादुर रोकाया प्यानलसहित विजयी भएका छन् ।

प्रतिक्रिया