सोमबार, वैशाख ८, २०८२

२०७ पालिकामा कांग्रेसको झन्डा, एमाले १२९ र माओवादी ८८ !

नेपालखोज २०७९ जेठ ४ गते १३:०२

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २०७ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म १११ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १२९ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ६७ पालिकामा भने एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ८८ पालिका प्रमुखमा जित निकालेको छ । ३० स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले ७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । १४ पालिकामा अग्रस्थानमा छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले पाँच पालिका प्रमुख जित निकालेको छ भने २९ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा १० स्थानको पालिका प्रमुखमा अगाडि छ ।

प्रतिक्रिया