सोमबार, वैशाख ८, २०८२

वीरगञ्ज महानगर : सिंहले मतान्तर फराकिलो बनाउँदै, सरावगी ६ हजार ८७५ मतले पछाडि 

नेपालखोज २०७९ जेठ ४ गते २१:४४

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका राजेशमान सिंहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । नेकपा (एमाले)का विजय कुमार सरावगी ६ हजार ८७५ मतले पछाडि छन् ।

वीरगञ्ज महानगरपालिकाका १२ वटा वडाको २६ हजार ६९९ मत गणना गर्दासम्म सिंहले १३ हजार ८७८ मत पाएका छन् । एमालेका सरावगीले ७ हजार ३ मत पाएका छन् ।

प्रतिक्रिया