बालेन मतान्तर फराकिलो बनाउँदै, स्थापित ९,२५४ मतले पछाडि
नेपालखोज
२०७९ जेठ ४ गते २२:१३

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १९ हजार ८१ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनालाई १० हजार मत कटाउन पनि हम्मेहम्मे परेको छ ।
पछिल्लो मत परिणामअनुसार स्थापितले ९,८२७ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन नाै हजार २५४ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८८९३ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया