सोमबार, वैशाख ८, २०८२

पालिकामा कांग्रेसले जित्यो २४६ तहकाे नेतृत्व, एमाले दोस्रो, माओवादी पछ्याउँदै

नेपालखोज २०७९ जेठ ५ गते ७:५०

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म मेयर र गाउँपालिकाको अध्यक्षमा गरी २४६ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म ७२ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १५५ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ४२ पालिकामा भने एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले १०२ पालिका प्रमुखमा जित निकालेको छ भने १५ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १० वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने १० पालिकामा अग्रस्थानमा छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले १४ पालिका प्रमुख जित निकालेको छ भने २० पालिका प्रमुखमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया