सोमबार, वैशाख ८, २०८२

धनगढीमा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले ल्याए १३, ८२३ मत, कांग्रेसका नृपबहादुर बडको ६,७७२

नेपालखोज २०७९ जेठ ५ गते ९:२१

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल अगाडि छन् । उनी दलका नेताभन्दा दोब्बर मतले अगाडि छन् । हमालले १३,८२३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर बडले ६,७७२ मत प्राप्त गरेका छन् ।

मेयरमा एमालेका रणबहादुर चन्दले ३२१७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरीले ३५२ मत प्राप्त गरेका छन् ।

यसैबीच, उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमार अधिकारी क्षेत्री अग्रस्थानमा छन् । उनले ६,१८१ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकलाकुमारी रानाले ५,४५५ मत प्राप्त गरेकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेद्वार प्रभाकर भण्डारीले ३,३५७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया