सोमबार, वैशाख ८, २०८२

भद्रपुर नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

नेपालखोज २०७९ जेठ ५ गते १०:१५

झापा। भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गरेकाे छ भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका असारु राजवंशीले नौ हजार ७५९ मत ल्याएकाे थिए । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरे ।

उपप्रमुखमा राप्रपाकी कार्की नौ हजार २३० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत प्राप्त गरे । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीबीच चुनावी गठबन्धन भएको थियो ।-रासस

प्रतिक्रिया