सोमबार, वैशाख ८, २०८२

सुरुंगा नगरपालिकामा गीता चौधरीले फहराइन् कांग्रेसको झन्डा

नेपालखोज २०७९ जेठ ५ गते ११:०४

सप्तरी । सप्तरीमा पहिलोपटक महिला नगरप्रमुख बनेकी छन् । सुरुंगा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बनेकी हुन् ।

उनले सात हजार २९२ मत ल्याइन् । निकट्तम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामनारायण चौधरीले चार हजार २१७ मत ल्याए । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनीताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याइन् ।

वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई/दुईमा जित हासिल गरेको छ । सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक/एक स्थानीय तहमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया