ओलीको गृहनगर दमकको मेयरमा राप्रपा २७७ मतले अगाडि, उपमेयरमा एमालेकाे अग्रता
नेपालखोज
२०७९ जेठ ५ गते ११:०४

दमक । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापाले अग्रता कायमै राखेका छन् । उनले १३,१२५ मत ल्याएका छन् । एमालेकी गिताकुमारी पौडेल अधिकारीले १२,८४८ मत ल्याएकी छन् ।
राप्रपाका थापा एमालेकी गीताभन्दा २७७ मतले अगाडि छन् । मेयरमै संघीय लोकतानित्रक राष्ट्रिय मन्चका थमबहादुर लिम्बुले २१५ मत ल्याएका छन् । यस्तैजनता समाजवादी पार्टीका पवन विष्टले ४१ र मंगोल नेशनल अर्गनाइजेशनका दीपेशकुमार राईले ५२ मत प्राप्त गरेका छन् ।
यसैबीच उपमेयरमा एमालेका अम्बिकाप्रसाद खनालले नेपाली कांग्रेसकी रेगिना भट्टराईलाई उछिनेका छन् । एमालेका खनालले ७,५९२ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसकी रेगिनाले ७, २३१ मत ल्याएकी छन् । मंगोल नेशनल अर्गनाइजेशनका पुष्पा शेर्पाले २५ मत ल्याएकी छन् भने एकीकृत समाजवादीका महेश घिमिरेले ७१ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया