जनकपुरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमारको ५,२७९ मतसहित अग्रता कायमै
नेपालखोज
२०७९ जेठ ५ गते ११:४७

जनकपुर । जनकपुर उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साह सुडी अग्रस्थानमा रहेका छन् । उनले ५,२७९ मत प्राप्त गरेका छन् । सुडीलाई एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । साहले ३,४२० मत प्राप्त गरेका छन् ।
यस्तै मेयर पदमा लोसपाका मनोज चौधरीले २,१३२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार बलराम महतोले १,५४० मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका लालकिशोर साहले १,५१९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले ५,९११ मत प्राप्त गरेका छन् । एमालेकी रुणादेवी झाले ३,७८० मत ल्याएकी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीकी रीताकुमारी मिश्रले २,१९० ल्याएकी छन् । स्वतन्त्र उम्मेद्वाद निर्मलकुमार चौधरीले १,७६३ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया